Aamsanchar

बिग बाश लिग खेल्न हेलिकप्टर चढेर मैदानमा पुगे डेभिड वार्नर

Author Image
शुक्रवार, पौष २७, २०८०

काठमाण्डौ – अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर बिग बाश लिग (बीबीएल) खेल्न हेलिकप्टर चढेर मैदानमा पुगेका छन् । बीबीएलमा सिड्नी सिक्सर्ससँगको खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।

हन्टर भ्यालीमा भाइको विवाहमा पुगेका वार्नर खेल शुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा आइपुगेका हुन् । बीबीएलको आधिकारिक पेजले यो भिडियो शेयर गरेको छ ।

वार्नरले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय र टी–२० लिग भने खेल्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर