![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240115_172847084.jpg)
काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार दोस्रो खेलमा विजयी भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
आज भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले हरायो । कोशीले दिएको १ सय ३६ रनको लक्ष्य एपीएफले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । एपीएफका कप्तान रोहित पौडेलले ८० रन बनाए । कोशीका फिर्दोश अन्सारी, कमल खत्री, समिर कार्की र सोनु मण्डलले समान १ विकेट लिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४४ ओभर ३ बलमा १ सय ३५ रनमा अल आउट भयो । कोशीका फिर्दोश अन्सारीले सर्वाधिक ५५ रन बनाए । एपीएफका अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान ३ विकेट लिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
यो जितसँगै एपीएफ ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा कोशीको लगातार दोस्रो हार हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 94