Aamsanchar

मेस्सीले जिते फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड

Author Image
मङ्गलवार, माघ २, २०८०

काठमाण्डौ – अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड जितेका छन् ।

आज बिहान लण्डनमा भएको कार्यक्रममा उनलाई सन् २०२३ को वर्ष खेलाडी अवार्ड वितरण गरिएको छ । आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेस्सीले फिफा अवार्ड भने तेस्रो पटक जितेका हुन् । यो अवार्डका लागि नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पे पनि छनोटमा परेका थिए ।

मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान तथा विश्वभरका खेल पत्रकार र समर्थकले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । उनले यसअघि सन् २०१९ र २०२२ मा पनि यो अवार्ड जितेका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले विश्व कपको उपाधि जितेको थियो ।

त्यस्तै, आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । एडरसन सन् २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर भएका छन् । उनले म्यानचेस्टर सिटीलाई ऐतिहासिक तीन उपाधि जिताउन भूमिका खेलेका थिए । सिटीकै पेप ग्वार्डिवाला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर