Aamsanchar

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई सफलता

Author Image
सोमवार, माघ ८, २०८०

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले एफसी बर्नमाउथविरुद्ध ४–० को जित निकालेको हो ।

लिभरपुलको जितमा नुनेज र जोटाले दुईरदुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै लिभरपुलले दोस्रो हाफमा गरेको थियो ।

डर्विन नुनेजले ४९ औं मिनेटमा डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुलको गोलको खडेरी तोडेका थिए । डिएगो जोटाले कोडी म्याथेस गाक्पोको पासमा ७० औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

७९ औं मिनेटमा जोटाले कोनर ब्याड्लेको पासमा व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा नुनेजले जोसेफ गोमेजको पासमा गोल गर्दै लिभरपुललाई ४–० को सहज र फराकिलो जीत दिलाए ।

जितसँगै शीर्ष स्थानको लिभरपुलले ५ अंकको अग्रता बनाएको छ । लिभरपुलको २१ खेलबाट ४८ अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० खेलबाट ४३ अंक रहेको छ । एएफसी बर्नमाउथ भने २० खेलबाट २५ अंकका साथ १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड युनाइटेड र वेस्टह्याम युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुईपटक अग्रता लिएको वेस्ह्यामले अतिरिक्त समयका पेनाल्टी खान पुग्दा बराबरीमा चित्त बुझायो ।

अतिरिक्त समयमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पनि पाएका थिए । जारी सिजनमा सेफिल्ड पुच्छारमा रहेको छ भने वेस्टह्याम छैटौँ स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)