Aamsanchar

एसियन कप फुटबल : ताजिकिस्तान र कतार विजयी

Author Image
मङ्गलवार, माघ ९, २०८०

काठमाण्डौ – एफसी एसियन कप फुटबलमा ताजिकिस्तानले लेबनानलाई २–१ गोलले जितेको छ ।

कतारमा हिजो भएको खेलमा लेबनानलाई हराउँदै ताजकिस्तान समूह ए को उपविजेता बनेर नकआउट चरणमा पुगेको छ । यसअघि हिजै भएको समूह ए को अर्को खेलमा कतारले चीनलाई १–० गोलले हराएको थियो ।

कतार यसअघि नै अन्तिम १८ मा पुगिसकेको थियो । कतार ९ अङ्ककासाथ समूह विजेता बनेको छ । ताजिकिस्तानको ३ खेलमा ४ अङ्क रकेको छ । चीन २ अङ्कसहित तेस्रो र लेबनान १ अङ्कसहित समूहको पुछारमा रहेको छ ।

६ वटा समूहमध्ये तेस्रो स्थानमा रहने चार उत्कृष्ट टोली अन्तिम १६ मा पुग्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)