Aamsanchar

राष्ट्रिय कीर्तिमानसहित नेपाली धाविका सन्तोषीले जितिन् स्वर्ण पदक

Author Image
शुक्रवार, माघ १२, २०८०

काठमाडौं – नेपाली धाविका सन्तोषी श्रेष्ठले बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। सन्तोषीले पहिलो पटक म्याराथनमा भाग लिएकी हुन्।

सन्तोषीले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन्। सन्तोषीले गत वर्ष पुष्पा भण्डारीले सोही प्रतियोगितामा कायम गरेको दुई घन्टा ४८ मिनेट ०२ सेकेन्डको कीर्तिमान तोडेकी हुन्। उनले हाफ म्यारथनमा भने प्रतिस्पर्धा गर्दै आएकी थिइन्।

पुष्पाले २ घन्टा ४९ मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्दै पुष्पा भण्डारलीले रजत जितेकी छन्। बंगबन्धुमा पुष्पाले यसअघि दुई स्वर्ण र एक कास्य पदक जितेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर