Aamsanchar

एघार नेपाली समाजद्वारा क्यानडा राष्ट्रिय क्रिकेट टिमको बिदाइ 

Author Image
शनिवार, माघ १३, २०८०

क्यानडा । क्यानडाको राष्ट्रिय क्रिकेट टिमलाई एन आर एन ए क्यानडा सहित एघार नेपाली समाजले  बिदाई गरेका छन् ।

क्यानले २०२४ को  वार्षिक क्यालेन्डर अनुसार नेपालले फेब्रुअरीको पहिलो साता क्यानडासँगको एकदिवसीय सिरिज खेल्ने तालिका  अनुसार क्यानडा राष्ट्रिय क्रिकेट टीम नेपाल भ्रमणमा आउने क्रममा बिदाइ गरिएको गैरआवासीय नेपाली संघ ९एन आर एन ए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले जानकारी दिए।

एन आर एन ए क्यानडा सहित नेपलिज कमिनीटि नेटवर्क अफ क्यानडा, लालीगुँरास स्पोर्ट्स क्लब, नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटि, नेपाल हाउस, क्यानडा नेपाल फ्रेन्डसिप एन्ड कल्चरल सोसाइटी, टोरन्टो नेपलिज स्पोर्ट्स क्लब, फेडेरेसन अफ क्यानडा नेपाल च्याम्बर अफ कमर्स, चितवन सोसाइटी क्यानडा, नेपलिज क्यानडियन हेरिटेज सेन्टर, क्यानडियन नेवारी गुँठी गरि  एघार नेपाली समाजको आयोजनामा बिदाई कार्यक्रम आयोजना भएको थियो ।

‘नेपाल भ्रमणमा जान लागेको क्यानडा राष्ट्रिय क्रिकेट टिमलाई  नेपाल भ्रमणमा क्रिकेट मात्र नभइ नेपाली संस्कृति , प्राकृतिक रमणीय ठाउँहरूलाई पनि आत्मसात गर्दै यात्रा सुखमय रहनेछ भन्ने आशा राखेका छौ’ एनआरएनए क्यानडाका सचिव बिनोद कोइरालाले भने ।

कार्यक्रममा कार्यक्रमका सभापति किरोज श्रेष्ठ, प्रमुख अतिथि क्रिकेट क्यानडा अध्यक्ष  राजपाल बजुवा, विशेष अतिथि नेपाल क्यानडा संसद् मैत्री समूहका अध्यक्ष सोनिया सिद्दू, संसद् सदस्य महेन्द्र सिद्दू , नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोजिना ताम्राकार, क्रिकेट क्यानडाका महासचिव फराह खान, क्रिकेट क्यानडाका निर्देशक सलमान खान त्यसैगरी अतिथिहरूमा लालीगुँरास स्पोर्ट्स क्लबबाट भूमि घिमिरे, नेपलिज पिपल्स एन्ड कोर्डिनेशन कमिटीबाट मुक्ति पौडेल, नेशनल ब्लड डोनर एसोसिएसनबाट लीलानाथ पाण्डे, नमस्ते रेडियोका सीईओ अनिल थापा साथै नेपाली समाजका प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

स्पेरेन्जा व्यान्कवेट हल ब्राम्पटनमा भएको कार्यक्रमको संचालन एन आर एन ए क्यानडाका युवा संयोजक प्रतिक भंडारीले
गरेका थिए भने स्वागत मन्तब्य एन आर एन ए क्यानडाका महासचिव चन्दा अधिकारीले गरेकी थिइन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर