Aamsanchar

आहा रारा पोखरा गोल्ड कप : आज सेनाको त्रिभुवन आर्मी र सङ्कटा भिड्ने

Author Image
आइतवार, माघ १४, २०८०

पर्वत : आहा रारा पोखरा गोल्ड कपको २३ औँ संस्करणको क्वार्टर फाइनल खेल अन्तर्गत आज विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब भिड्दै छन्।

गत माघ १० मा भएको खेलमा आर्मीले राइजिङ स्टार फुटबल क्लबलाई १–० पराजित गर्दै डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबसँगको भेट पक्का गरेको थियो।

राइजिङ स्टारकाविरुद्ध भरत खवासले गरेको एक गोलले नै आर्मीलाई सङ्कटासँगको भेट पक्का गराएको हो। यो खेल दिउसो साढे दुई बजे पोखरा रङ्गशालामा हुने छ।

आइतबारको विजेताले नेपाल पुलिस क्लब वा चर्च ब्वाइज युनाइटेडमध्ये एक टोलीसँग माघ १८ गते सेमीफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ। पुलिस र चर्च ब्वाइज माघ १६ मा प्रतिस्पर्धा गर्दै छन्।

गत २२ औँ संस्करणमा सङ्कटाले अमेरिकी टिम भुटनिज यूथलाई ३–२ गोल अन्तरले पराजित गर्दै सङ्कटाले उपाधि चुमेको थियो। त्रिभुवन आर्मी क्लबले अहिलेसम्म भने आहा रारा पोखरा गोल्ड कपको उपाधि जित्न सकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर