Aamsanchar

अष्ट्रेलियन ओपनको उपाधि आर्यनालाई

Author Image
आइतवार, माघ १४, २०८०

बेलारुसकी आर्यना साबालेन्काले शनिबार चिनकी जेङ चिनवेनलाई ६–३, ६–२ ले हराउँदै वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन महिला एकलको उपाधि जितेकी छन्।

साबालेन्काले उपाधि रक्षा पनि गरिन्। साबालेन्का भिक्टोरिया अजारेन्का ९सन् २०१२ र २०१३० पछि साबालेन्का लगातार अस्ट्रेलियन ओपन उपाधि जित्ने पहिलो खेलाडी बनिन्। २५ वर्षीय साबालेन्काले फाइनल पुग्ने क्रममा एक सेट पनि गुमाइनन्। यसअघि सन् २००० मा सेरेना विलियम्सले बिनासेट गुमाएर उपाधि जितेकी थिइन्। पछिल्लो ग्रान्डस्लाम अमेरिकी ओपनको फाइनलमा अमेरिकाकी कोको गौफसँग पराजित भएपछि साबालेन्का उपविजेतामै चित्त बुझाएकी थिइन्। उनले गौफले दुई दिनअघि सेमिफाइनलमा हराएर सो पराजयको बदला पनि लिएकी हुन्।

ग्रान्डस्लाममा लगातार सानदार प्रदर्शन गर्दै आइरहेकी साबालेन्काविरुद्ध पहिलो पटक प्रमुख प्रतियोगिताको फाइनल खेलेकी जेङले चुनौती दिन सकिनन्। अस्ट्रेलियन ओपनमा १० वर्षपछि चिनियाँ खेलाडीले फाइनल खेलेको हो । सन् २०१४ मा लि नाले अस्ट्रेलियन ओपन जितेकी थिइन्। लि नाले फ्रेन्च ओपन पनि जितेकी छन्।

पुरुष एकलको उपाधि भिडन्तमा आज इटालीका यानिक सिन्नर रुसका डेनिल मेडभेडेभबिच हुने भएको छ। २२ वर्षीय सिनरले विश्वका नम्बर एक खेलाडी तथा १० पटक उपाधि जितिसकेका नोभाक जोकोभिचलाई सेमिफाइनलमा ६–१, ६–२, ६–७ ९६० र ६–३ ले स्तब्ध पारेक हुन्।

सन् २०१८ पछि जोकोभिच अस्ट्रेलियन ओपनमा पहिलो पटक पराजित भएका हुन्। यस व्रmममा जोकोभिचले यहाँ लगातार ३३ खेल जित्तेका थिए।

डभेडेभले अर्को सेमिफाइनलमा दुई सेटले पछाडि परेर पनि अलेकजेन्डर जेरेभलाई ५–७, ३–६, ७–६ ९४०, ७–६ ९५०, र ६–३ ले हराएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर