Aamsanchar

दक्षिण कोरिया र उज्वेकिस्तान एसियन कप फुटबलकाे क्वाटरफाइनलमा

Author Image
बुधवार, माघ १७, २०८०

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २–१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, हिजोको अर्को खेलमा साउदी अरेबियालाई पेनाल्टीमा ४–२ ले हराएर दक्षिण कोरिया क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका दुई वटा खेल हुँदैछन् । आज बहराइन र जापान तथा इरान र सिरिया खेल्ने तालिका छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर