Aamsanchar

एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा

Author Image
शनिवार, माघ २०, २०८०

काठमाण्डौ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र जोर्डन सेमिफाइनलमा पुगेका छन् । हिजो भएको खेलमा दक्षिण कोरियाले अष्ट्रेलियालाई २–१ गोलले र जोर्डनले ताजकिस्तानलाई १–० गोलले हरायो । दक्षिण कोरियासँगको खेलमा अष्ट्रेलिया अतिरिक्त समयमा १० खेलाडीमा समेटिएको थियो ।

खेलको पहिलो हाफमा अष्ट्रेलियाले गुडविनको गोलमा अग्रता बनाएको थियो । तर दक्षिण कोरियाले खेलको इन्जुरी समयमा पेनाल्टी पायो । ह्वांग हि–चानले पेनाल्टीमा गोल गरेपछि खेल बराबरी भयो । अतिरिक्त समयमा कप्तान सन ह्यूङ मिनले फ्रिकिकमा गोल गरेपछि दक्षिण कोरिया विजयी भयो ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डनसँग खेल्नेछ । जोर्डन इतिहासमा पहिलो पटक एसियन कपको सेमिफाइनलमा पुगेको हो । जोर्डनले खेलको ६६ औँ मिनेटमा उपहारमा पाएको गोल नै जितका लागि पर्याप्त भयो ।

कर्नर किक क्लियर गर्ने क्रममा ताजकिस्तानका भाखदात खानोनोभले बल आफ्नै पोष्टमा पुर्याएका थिए । क्वाटरफाइनलमा आज बेलुका सवा ५ बजे इरान र जापान तथा राति सवा ९ बजे कतार र उज्बेकिस्तान खेल्दैछन् ।  साभार: उज्यालो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर