Aamsanchar

बुद्धशान्तिकाे एक ब्लक उद्योगमा काठको मुङ्ग्रो र फलामको हमरले हानेर श्रमिकको ह*त्या

Author Image
शनिवार, माघ २०, २०८०

झापा – झापामा एकजना श्रमिकको हत्या गरिएको छ । बुद्धशान्ति गाउँपालिका-३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका-२ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका-८ पोखरी टोल घर भइ सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी हत्या गरेका प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७:५० बजेको समयमा पुरकोटीले सामान्य विवादका क्रममा काठको मुङ्ग्रो र फलामको हमरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए । घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो ।

अवस्था गम्भीर भइ थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा शनिबार बिहान ५:१३ बजे उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । कुटपिट गर्ने पुरकोटीलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)