Aamsanchar

पोखरा गोल्डकप : थ्री स्टारलाई पराजित गर्दै आर्मीले पहिलो पटक जित्याे उपाधि

Author Image
शनिवार, माघ २०, २०८०

काठमाडौं – २३औं आहा रारा पोखरा गोल्डकपको उपाधि विभागीय टीम त्रिभुवन आर्मीले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनल प्रतिस्पर्धामा पाँच पटकको उपाधि विजेता थ्री स्टारलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलोपटक उपाधि जित्न सफल भएको हो।

आर्मीलाई उपाधि दिलाउन जितेस्पीजंग कार्कीले खेलको ३८औं मिनेट, फत्तेमान घलेले ८३औं मिनेट र वसन्त जिम्वाले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए। जितसँगै आर्मीले १२ लाख एक हजार नगद पुरस्कार जितेको छ भने उपविजेतामा चित्त बुझाएको थ्रीस्टारले ६ लाख एक हजार प्राप्त गर्‍यो। सहारा क्लब पोखराको अयोजनामा सम्पन्न प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर