Aamsanchar

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसले घरेलु मैदानमा क्रिकेट खेल्ने

Author Image
शुक्रवार, माघ २६, २०८०

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलोपटक मैदानमा फर्किने भएका छन् । उनी सन् २०१४ को टी–२० आई विश्वकप टोलीको नेतृत्व गर्दै मैदान फर्किने भएका हुन् ।

पारस रूपन्देहीको तिलोत्तमामा निर्माणधीन ‘एक्स्ट्राटेक ओभल’ मैदानको उद्‍घाटनको अवसरमा यही १४ फागुनमा हुने मैत्रीपूर्ण खेलमा मैदानमा देखिनेछन् । टी–१० प्रारूपमा हुने प्रतियोगितामा नेपालले सन् १९९६ मा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाको टोली, २०१४ को टी–२० विश्वकप खेलेका खेलाडी, रेष्ट अफ नेपाल र रूपन्देही लेजेन्ड्सको गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पारसले तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । संन्यासपछि उनले घरेलु मैदानमा क्रिकेट खेलेका छैनन् । यद्यपि पारसले गत मार्चमा कतारको दोहामा आयोजित लेजेन्डेस् क्रिकेट लिग भने खेले । सो लिगमा उनी मास्टर्स एसिया लायन्समा आबद्ध थिए । पारस हाल नेपाल क्रिकेट संघ (क्यान) को सचिवको जिम्मेवारीमा छन् ।

टी–१० शैलीको प्रतियोगितामा पारससहित पूर्वखेलाडी एलबी क्षेत्री, कलाम अली, हरिबहादुर थापा, शक्ति गौचनलगायतले पनि खेल्नेछन् । यो प्रतियोगिता हुने मैदान अस्ट्रेलियामा बस्दै आएका विनोद कुँवरको लगानीमा निर्माण भएको हो ।

तिलोत्तमा नगरपालिका–१७ मा निर्माण भएको एक्स्ट्राटेक ओभल मैदान बनाउन ४० करोड रुपैयाँ खर्च लागेको बताइएको छ । मैदानको ब्रान्ड एम्बेस्डरसमेत रहेका पूर्वक्रिकेटर शक्ति गौचनले छोटो समयमा पनि मैदानको निर्माण हुँदा ‘एउटा मिराकल’ नै भएको जस्तो लागेको बताए । यो मैदान निर्माण भएपछि नेपाली क्रिकेटलाई नयाँ उचाइमा  पुर्‍याउन मद्दत पुग्ने पनि शक्तिको विश्वास छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर