Aamsanchar

भुटानले नेपाललाई दियाे ६६ रनकाे विजयी लक्ष्य

Author Image
आइतवार, माघ २८, २०८०

काठमाडौं – एसीसी महिला प्रिमियर कपमा भुटानले नेपाललाई ६६ रन विजयी लक्ष्य दिएको छ।

मलेसियाको वायुमास ओभरलमा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन मात्र बनायो। भुटानका लागि ओपनर नग्वाङ छोदेनले सर्वाधिक २५ रन बनाइन्। टेसिङ जाड्बोले १७ रन बनाउँदा कप्तान डेसेन वाङ्बो १७ रन बनाएर आउट भइन्।

कसिलो बलिङ गरेको नेपालका लागि कविता कुँवर, सिता रानामगर, कविता जोशी र इन्दू बर्माले एक एक विकेट लिए।

हिजो भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो।

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता छ। १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्नेछन्। यस्तै, सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्नेछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर