Aamsanchar

झापा गोल्ड कपका लागि उच्च पदस्थ व्यक्तित्वहरुबाट सहयोगको आश्वासन

Author Image
मङ्गलवार, फागुन १, २०८०

बिर्तामोड। झापा गोल्ड कपको छैटौँ संस्करणको मिति नजिकिँदै जाँदा उच्च पदस्थ व्यक्तित्वहरुले प्रतियोगिताको सफलताका लागि सहयोगको आश्वासन दिएका छन् ।

सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री केपी शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उद्योगमन्त्री रमेश रिजाल, काठमाडौँ नगरप्रमुख बालेन्द्र शाह लगायतले प्रतियोगिताको शुभेच्छा व्यक्त गरेका छन् ।

झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, महासचिव गजेन्द्र पौडेलसहितका पदाधिकारीहरुले सभामुख घिमिरे, पूर्वप्रधानमन्त्री शर्मा, महानगरप्रमुख शाह, मन्त्री किराती, मन्त्री रिजाल लगायतलाई भेटेर गोल्ड कपको प्रस्तावनापत्र समेत प्रदान गरेका छन् ।

मोफसलको प्रतिष्ठित प्रतियोगिताका रुपमा हेरिने झापा गोल्ड कप सञ्चालनका लागि आवश्यक सहयोगका लागि सहजीकरण गरिदिन नेताहरुले आश्वासन दिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

झापा गोल्ड कपका पदाधिकारीहरुले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेट गरेका छन् ।
यही फागुन १९ गतेदेखि हुने दर्शकको सर्वाधिक उपस्थिति रहने यो प्रतियोगिताको छैटौँ संस्करणको मुख्य प्रायोजक यती ब्रुअरीको उत्पादन अर्ना रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर