Aamsanchar

नामिबियाविरुद्ध नेपाल १३२ रनमा आल आउट

Author Image
बिहिवार, फागुन ३, २०८०

काठमाडौं – विश्वकप लिग- २ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको नेपाल १३२रनमा समेटिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको थियो। नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने ८ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे। आसिफ शेख ४ रनमा सहज क्याच आउट भए। ‍ कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए।यस्तै, कुशल मल्ल १५ रन बनाएर आउट भए।

यस्तै, २ रन बनाएर सोमपाल कामी आउट भए। सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए भने २१ रन बनाएर गुल्शन झा आउट भएका हुन्। यस्तै नवौँ विकेटका रुपमापजन सर्राफ १२ रन बनाएर आउट भए भने करण केसीले १६ रन बनाए।

निर्धारित ५० ओभरको ४१ ओभरमा नै नामिबियाले सम्पूर्ण विकेट लिन सफल भाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर