Aamsanchar

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा

Author Image
आइतवार, फागुन ६, २०८०

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए । यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४–१ ले र आर्सनलले बर्न्लीलाई ५–० ले पराजित गरेका थिए ।

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ । त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर