Aamsanchar

बिर्तामोडका बैंकर्ससँग झापा गोल्ड कपको छलफल

Author Image
आइतवार, फागुन ६, २०८०

बिर्तामोड- बिर्तामोडमा रहेका वाणिज्य बैंकहरुले आसन्न झापा गोेल्ड कपलाई सबैको साझा सरोकारको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।
छैटौँ संस्करणको प्रतियोगिताको तयारीको सिलसिलामा आज आयोजित छलफल कार्यक्रममा सहभागी बैंकका शाखा प्रबन्धहरुले बैंकिङ क्षेत्रको पनि सहभागिता रहने प्रतिबद्धता समेत जनाएका छन् ।
अघिल्ला संस्करणभन्दा यो प्रतियोगितालाई थप रचनात्मक र आकर्षण बनाउन उनीहरुले सुझाव समेत दिए ।
छलफलमा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले सामाजिक उत्तरदायित्व निर्वाह गर्न बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरेका थिए ।
महासचिव गजेन्द्रबहादुर पौडेलको स्वागत मन्तव्य रहेको छलफलमा सिद्धार्थ बैंकका प्रबन्धक सुवास श्रेष्ठ, नबिल बैंकका गुरुराज रेग्मी, प्राइम कमर्सियल बैंकका सञ्जीव खनाल, गुडविल फाइनान्सका सुमन पौडेल, नेपाल एसबिआइ बैंकका असिम इङनाम र एक्सेल डेभलपमेन्ट बैंकका गजेन्द्र ढकालको उपस्थिति रहेको थियो ।
त्यस्तै, गोल्ड कपका तर्फबाट सदस्य किरण श्रेष्ठ, सदस्य सचिन सुब्बा, सचिवालय सदस्य केशव भट्टराईको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर