Aamsanchar

कोशीका मुख्यमन्त्रीले १४ जना स्वयमसेविकाको खुट्टामा आफैंले जुत्ता लगाइदिएर गरे सम्मान

Author Image
सोमवार, फागुन ७, २०८०

विराटनगर – कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेका हुन् ।

जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयमसेविकाहरूको खुट्टामा आफैंले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गरे । उनीहरूलाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का,खादा,सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छाडेर अरूको सेवा गर्न दौडने आमाहरूलाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताए ।

 

यता स्वास्थ्य मन्त्रालयकी सचिव सुधा देवकोटाले जिल्ला जनस्वास्थ्य कार्यालयले हरेक जिल्लाबाट एकरएक उत्कृष्ट स्वयंसेविका छनोट गरेको जनाउँदै आधारभूत स्वास्थ्य सेवामा योगदानको कदरस्वरूप सम्मान गरिएको बताइन् ।

यसरी सम्मानित हुनेमा ताप्लेजुङकी पम्फा राई, उदयपुरकी दिलमाया मगर, ओखलढुंगाकी नीरकुमारी राणा, सुनसरीकी तिलमाया खड्का, झापाकी दयावती राजवंशी, संखुवासभाकी छिरिजम्बा भोटे, खोटाङकी पुण्यकुमारी पौडेल, पाँचथरकी यशोधा ढकाल, तेह्रथुमकी गोमा भट्टराई रहेकी छन् ।

यस्तै,भोजपुरकी सीता तामाङ,इलामकी इशवरा निरौला,मोरङकी सोनीकुमारी चौधरी, सोलुखुम्बुकी ल्हेमी शेर्पा र धनकुटाकी खड्कुमारी विश्वकर्मा रहेकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)