Aamsanchar

एरिका गुरुङ सम्मानित

Author Image
मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं – १९ औँ एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहासिक पदक विजेता एरिकालाई सम्मान गरेका हुन्।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। एरिकाले जितेको रजत एसियाली खेलकुदको करातेमा कुनैपनि नेपाली खेलाडी जितेको पहिलो र एक मात्र रजत हो।

एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाड तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा विमल गुरुङ, विजय गौतम, सुशिल गुरुङ, युकेश गुरुङ र विशाल थापाले २०१८ को इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेका थिए।

हाङझाव एसियाडअघि एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । एरिकासहित कलेजले समाजमा महत्वपूर्ण योगदान गर्ने पाँच जनालाई सम्मान गरिएको थियो।

सम्मानित हुनेमा गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी जगदीश खरेल, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारी र समाजसेवी बालकृष्ण बुर्लाकोटी छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर