Aamsanchar

विश्वकप लिग-२ : नेपाल नामिबियासँग २ विकेटले पराजित

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाडौं – आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको हो। नामिबियासँग नेपालको यो दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले स्तब्ध बनेको थियो।

नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो। नामिबियाका लागि कप्तान गेहार्ड इरामुसले अर्धशतकसहित ५२ रन बनाए भने माइकल भानले ३१ रन बनाए। त्यस्तै रुबेनले १६ रन बनाए भने जेएस स्मिथ ३४ रनमा अविजित रहे।

 

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए। दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले एक(एक विकेट लिए।

यसअघि नेपाल ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको थियो। नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए।

त्यसैगरी कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ रन र करण केसीले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

शेखले १ छक्का र ८ चौका प्रहार गरेका थिए भने मल्लले ३ छक्का र १ छक्का प्रहार गरे।

नामिबियाका लागि बर्नार्ड स्कल्ट्ज र निकोल लोफ्टि-इटनले सर्वाधिक ४र४ विकेट, जेरार्ड एरास्मस र ज्याक ब्रेसलले १र १ विकेट लिन सफल भए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर