Aamsanchar

कनकाई ८ को मैत्रीपूर्ण फुटबल खेलमा शनिश्चरे फुटबल क्लब विजयी

Author Image
बुधवार, फागुन ९, २०८०

लक्ष्मीपुर । राष्ट्रिय युवा संघ नेपाल कनकाई नगरपालिका वाड नं ८ वार्ड कमिटीको आयोजनामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
आज कनकाई ८ स्थित रमणीय पिकनिक स्थल छेउमा रहेको खेल मैदानमा आयोजना भएको खेलमा लक्ष्मीपुर स्पोर्टिङ क्लब र शनिश्चरे फुटबल क्लब बिच मैत्रीपूर्ण प्रतिष्पर्धा भएको थियो ।

खेलमा दुवै खेलाडी समुहबाट १–१  गोल गरेपछि  प्यानलटी सुट आउटमा शनिश्चरे फुटबल क्लबले लक्ष्मीपुर स्पोर्टिङ क्लबलाई १ को विरुद्ध ३ गोल गरेर विजयी बनेको कार्यक्रमका सभाध्यक्ष एवम् राष्ट्रिय युवा संघ कनकाई ८ का इन्चार्ज  प्रशान्त गिरीले जानकारी दिए ।

केपी ओली कप २०२४ प्रमोसन खेलको रुपमा लिइएको खेलकुद कार्यक्रममा युवा, खेल र समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई अघि सारिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोख्रेल,  अतिथिहरू कनकाई ८ का निवर्तमान वडाध्यक्ष प्रेमबहादुर कटुवाल, राष्ट्रिय युवा संघ नगर अध्यक्ष अर्पण राई, एमाले नेतृ सुनिता सिक्देल, अर्जुनधारा ५ खेलकुद समितिका अध्यक्ष बाबा डिआर लगायतले शुभकामना मन्तव्य रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर