![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/f2-1.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
त्यस्तै दोस्रो सेमी फाइनल खेलबाट विर्तामोड नगरपालिका फाइनलमा प्रवेस गरेको छ । शिवसताक्षी नगरपालिकालाई ट्राइवेकरमा ४–३ हराउँदै विर्तामोड फाइनलमा प्रवेस गरेको हो । खेलको निर्धारित समयमा कुनै पनि गोल हुन सकेन । दुवै टिमको सहमतिमा थप १४ मिनेट खेल खेलिएपनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेल्लिएको थियो ।
खेलको मेन अफ दी म्याच विर्तामोडका जर्सी नं. ९ का सडकलाल राजवंशी घोषित भए । दूवै टिमका मेनअफ दी म्याच घाषित भएका खेलाडीले नगद २÷२ हजार सहित ट्रफी प्राप्त गरे ।
अन्तरपालिका कर्मचारीहरुको फाइनल खेल शुक्रबार १ बजेदेखि हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । फाइनल खेलमा उपाधिका लागि विर्तामोड र गौरीगञ्ज भिड्ने छन् ।
प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।