Aamsanchar

सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने

Author Image
बिहिवार, फागुन १०, २०८०

काठमाडौं – बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका क्रिकेटर लामिछानेले जेल बाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।

उच्च अदालतका प्रवक्तासमेत रहेका उपरजिस्ट्रार तीर्थराज भट्टराईले लामिछानेलाई उक्त अनुमति दिएको बताए। ´मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ अनुसार उहाँले जेल बाहिरै बसेर मुद्दा लड्ने अनुमति पाउनुभएको हो,` उनले भने।

जिल्ला अदालत काठमाडौंको फैसला बदरको माग गर्दै लामिछाने बिहीबार आफ्ना वकिलसहित उच्च अदालत पुगेका थिए। जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर