Aamsanchar

छैटौँ झापा गोल्ड कपलाई भद्रपुर गोल्ड कप समितिको पूर्ण सहयोग रहने

Author Image
शुक्रवार, फागुन ११, २०८०

झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतलाई छैटौँ झापा गोल्ड कप भव्यताको शुभकामना व्यक्त गर्दै भद्रपुर गोल्ड कपका अध्यक्ष दिपेश ढकाल(ज्याकेट) । फोटो : बिनोद पाण्डेरआमसंचार

बिर्तामोड । फागुन १९ गते देखि सुरु हुने नेपालकै एक प्रतिष्ठित फुटबल प्रतियोगिता छैटौँ झापा गोल्ड कप सम्पन्न गर्न झापाका विभिन्न संघ संस्थाहरूले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धताहरू जनाई रहेको अवस्थामा झापामा अर्को प्रसिद्ध गोल्ड कप सम्पन्न गरेको भद्रपुर गोल्ड कप समितिले छैटौँ झापा गोल्डको पूर्ण सफलताको कामना गर्दै समर्थन सहित सहयोग गर्ने भएको छ ।

आज खेल आयोजना हुने डोमालाल राजवंशी रङ्गशालाको अवलोकन गर्दै भद्रपुर गोल्ड कपका अध्यक्ष दिपेश ढकालले यस्तो प्रतिवद्धता जनाएका हुन ।  भद्रपुर गोल्ड कपका महासचिव जीवनकुमार श्रेष्ठ सहितको टोलीले झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेत समक्ष भद्रपुर गोल्ड कप समितिको तर्फबाट प्रतिवद्धता व्यक्त भएको हो ।

झापा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेलका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ । छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरू त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने महासचिव पौडेलले बताए ।

प्रतियोगितामा गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)

सम्बन्धित खबर