Aamsanchar

प्रिमियर लिगमा सिटी र आर्सनललाई लिभरपुलसँग अङ्कदुरी घटाउने मौका

Author Image
शनिवार, फागुन १२, २०८०

काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुनेछन् । यो समयमा एस्टनभिल्ला र नटिङ्घम फरेस्ट, ब्राइटन र एभर्टन, क्रिस्टल प्यालेस र बर्नली, म्यानचेस्टर युनाइटेड र फुलह्यामबीच खेल हुनेछ ।

यस्तै राति सवा ११ मा बर्नमाउथ र म्यानचेस्टर सिटी तथा राति पौने २ बजे आर्सनल र न्युक्यासलबीच खेल हुनेछ । आजको खेल जितेमा सिटी र आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अङ्कदुरी घटाउनेछन् ।

लिगमा लिभरपुल २६ खेलमा ६० अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै म्यानचेस्टर सिटी २५ खेलमा ५६ अङ्कका साथ दोस्रो र समान २५ खेलमा आर्सनल ५५ अङ्कका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर