Aamsanchar

नेपाल क्रिकेट सङ्घद्वारा प्रधानमन्त्री दैवी कोषमा २० लाख रुपैयाँ जम्मा

Author Image
शनिवार, फागुन १२, २०८०

काठमाण्डौ नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ जम्मा गरेको छ ।

आईसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोटअन्तर्गत फाइनल खेलको टिकटबाट प्राप्त ५० प्रतिशत रकम अर्थात् २० लाख रुपैयाँको चेक आज क्यानका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

यो रकम गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितको राहत र पुनर्स्थापनामा खर्च हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर