Aamsanchar

टस हारेको नेपाल नेदरल्याण्डस विरूद्ध ब्याटिङ् गर्दै

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाडौं – नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ।

टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डस्ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ।

आजको खेलमा नेपालले आफ्नो टिममा दुई परिवर्तन गरेको छ। नेपालले अरिफ सेख र गुलशन झालाई आजको प्लेइङ ११ मा राख्दै देव खनाल र सोमपाल कामीलाई बाहिर राखेको छ।

नेपालको प्लेइङ-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी र ललित राजवंशी।

यस सिरिजमा नामिबियाको आफ्ना चार खेल जितेर ३ जितसहित नामिबियाको ६ अंक हासिल गरेको छ। त्यस्तै लिग–२ को पहिलो सिरिज पनि जितेको छ। नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म चार एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर