Aamsanchar

नेपालले नेदरल्यान्ड्सविरुद्ध सातौँ विकेट गुमायाे,

Author Image
आइतवार, फागुन १३, २०८०

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध सातौँ विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।

आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए। त्यसपछि ब्याटिमा आएका कुशल मल्ल २ रन बनाउँदै पेभिलियन फर्किए। यस्तै, रोहित पौडेल ३९ बलमा १६ रन बनाएर आउट भएका हुन् भने दिपेन्द्रसिंह ऐरी ११ बलमा १ रन बनाउँदै रन आउट भएका हुन्।

जारी खेलको २९ ओभरको समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर ९४ रन बनाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर