Aamsanchar

एक लाख पुग्यो ´ए` ग्रेडका क्रिकेट खेलाडीको तलब , कसले कति पाउँछन् ?

Author Image
सोमवार, फागुन १४, २०८०

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगर गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ।

एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका खेलाडीलाई ५५ हजार, डीका खेलाडीलाई ३५ हजार र इमर्जिङ क्याटोगरलाई २५ हजार मासिक तलब तोकिएको हो।

पुरुषतर्फ एमा कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी, आसिफ सेख र कुशल भुर्तेल छन् भने बीमा कुशल मल्ल, गुलशन झा, भिम सार्की, ललित नारायण राजवंशी, आरिफ सेख र अविनाश बोहरा छन्।

त्यस्तै सीमा बिनोद भण्डारी, अर्जुन साउद, सन्दिप जोरा र प्रतिस जीसी छन् भने डीमा पवन सर्राफ, सागर ढकाल, अनिल साह, बिबेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सुर्य तामाङ छन्। त्यस्तै इमर्जिङ क्याटोगरमा दिपेश कंडेल (कोशी), रुपेस सिंह (मधेस), रिजन ढकाल (बागमती), बिपिन खत्री (गण्डकी), देब खनाल (लुम्बिनी), अर्जुन घर्ती ९कर्णाली० र हेमन्त धामी ( सुदुर पश्चिम)रहेका छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर