Aamsanchar

नामिबियाद्वारा नेपाललाई २ सय ७ रनको लक्ष्य, एटोनले ताेडे कुशल मल्लको कीर्तिमानी शतककाे रेकर्ड

Author Image
मङ्गलवार, फागुन १५, २०८०

काठमाण्डौ – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनायो । नामिबियाका जान निकोल लफ्टी एटोनले कीर्तिमानी शतक बनाए । उनले ३३ बलमै शतक बनाउँदै नेपालका कुशल मल्लको रेकर्ड तोडे । यसअघि नेपालका कुशल मल्लले मङ्गोलियासँगको खेलमा ३४ बलमा शतक बनाएका थिए । लफ्टी एटन ३६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै मलन क्रुगेरले ५९ रन बनाए । नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिए ।

आजदेखि शुरु भएको शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् । नेपालले यो शृङ्खलालाई आउने जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरुवातको रूपमा लिएको छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर