Aamsanchar

साम्बाले वाफ च्याम्पियनसिप अन्तर्गत जोर्डनविरुद्ध फाइनल गुमाउने

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाडौं – नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियन्सिपअन्तर्गतको फाइनल खेल गुमाउने भएकी छिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फ्रेन्च क्लब इभी ग्वेंगाम्प आबद्ध साम्बाले बिहीबार जोर्डनविरुद्ध नेपालले प्रतिस्पर्धा गर्ने फाइनल खेल गुमाउने भएकी हुन्।

क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको र फाइनल भने फिफा विन्डो बाहिरको खेल हुने एन्फाले जनाएको छ ।

एन्फाले जनाए अनुसार क्लबसँगको सम्झौता र फुटबलको व्यावसायिक मूल्यलाई सम्मान गर्दै साम्बाले फाइनल नखेल्ने भएकी हुन्।

जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्। सेमिफाइनलमा मंगलबार राति लेवनानलाई नेपालले २–१ ले हराउँदा साम्बाले एक गोल गरेकी थिइन्।

फाइनल खेलमा साम्बाको अनुपस्थितिलाई अन्य खेलाडीले पूर्ति गर्ने भन्दै एन्फाले समर्थक र प्रशंसकलाई उनको क्लब प्रतिवद्धता र अनुबन्धात्मक दायित्वहरु बुझ्न र सम्मान गर्न आग्रह पनि गरेको छ।

साम्बाले वाफ च्याम्पियनसिपमै नेपालका लागि कीर्तिमानी ५० अन्तर्राष्ट्रिय गोल समेत पूरा गरेकी थिइन्। अब नेपालले उपाधिका लागि बिहीबार फाइनलमा जोर्डनविरुद्ध खेल्दैछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर