Aamsanchar

टी-२० क्रिकेट श्रृंखला : दोस्रो खेलामा पनि नेपाल पराजित

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाडौं – त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० क्रिकेट श्रृंखलाको दोस्रो खेलामा पनि नेपाल पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८२ रनमै समेटियो।

नेपालका दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले। ऐरीले ६३ रन बनाउँदा पौडेलले ५० रनको योगदान गरे। ३४ बल खेलेका ऐरीले ३ छक्का र ६ चौका प्रहार गरे। ३६ बल सामना गरेका कप्तान पौडेलले २ छक्का र ६ चौका हिर्काए।

४ चौका र एक छक्का हानेका आसिफ शेख ३४ रन बनाएर आउट भए। कुशल मल्ल र करण केसी समान ११ रनमा आउट हुँदा सन्दीप जोराले ८ रन बनाए। कुशल भूर्तेल र सोमपाल कामी शून्यमा आउट भए।

यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।

उसका माइकल लेविटले सर्वाधिक ५४ रनको योगदान गरे। साइब्राण्ड एन्जल्ब्रेट ४९ रनमा अविजित रहँदा कप्तान स्कट इडवार्डस्ले ३३ र तेजा नदामानुरूले ३१ रन बनाए।

पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर