Aamsanchar

झापा गोल्ड कपको सहप्रायोजकमा अन्तराष्ट्रिय झापाली समाज

Author Image
बुधवार, फागुन १६, २०८०

बिर्तामोड । आसन्न झापा गोल्ड कपमा अन्तराष्ट्रिय झापाली समाज सहप्रायोजक रहने भएको छ ।
आज बिर्तामोड स्थित गोल्ड कपको सचिवालयमा गोल्ड कप र समाजका अध्यक्ष बिच सहप्रायोजक बनाउने, बन्ने सम्झौता भएको हो ।

झापा गोल्ड कपका अध्यक्ष बिनोद बस्नेतलाई अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले सहप्रायोजक बन्नको नगद चेक हस्तान्तरण गरेका छन् ।

विगतका संस्करणहरूमा पनि सहयोगी भूमिका र्निवाह गर्दै आएको समाजले यस पटक छैटौँ झापा गोल्ड कपका लागि रु ७ लाख रुपैयाँ दिएको छ ।

पत्रकार भेटघाट कार्यक्रम गरेर आयोजना गरेको चेक हस्तान्तरण कार्यक्रममा झापाली समाजका सचिव नवीन पोखरेल, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेल, सल्लाहकार एकराज गिरी, सदस्यहरू प्रकाश शिवाकोटी, किरण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर