Aamsanchar

केपी ओली कप सेमिफाइनल खेल आज

Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाडौं । जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँछन् ।

सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ ।

जावलाखेलले केपी ओली एफसीलाई २(१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुदैँछ ।

मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४(० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३(१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर