Aamsanchar

झापा गोल्ड कपको तयारी अन्तिम, बिर्तामोडको मुक्ति चोक बनाइयो सुसज्जित (फोटो फिचर)

Author Image
बिहिवार, फागुन १७, २०८०

बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बिर्तामोडको बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिताका लागि रङ्गशालामा सजिसजावटको काम समेत अन्तिम चरणमा पुगेको छ । साथै आज बिर्तामोड देखि बिर्ताबजार क्षेत्र सरसफाइ गरिएको छ । जसमा बिर्तामोडको मध्य विन्दु मुक्तिचोक पनि सुसज्जित गराउने  काम भएको छ ।

गोल्डकपको उद्घाटन खेलमा १९ गते विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले संकटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर