Aamsanchar

नामिबियाविरुद्धको खेलमा नेपाललाई चौथो झट्का, २६ रन बनाएर गुलशन झा आउट

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाडौं – त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई चौथो झट्का लागेको छ।

नामिबियाविरुद्धको खेलमा २६ रन बनाएर गुलशन झा आउट भएका हुन्। उनले तीन छक्का र १ चौका हाने।

यसअघि २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन् भने १० रन बनाएर कप्तान रोहित पौडेल आउट भए। त्यस्तै अनिल साह २३ रन बनाएर आउट भएका थिए।

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।

खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर