Aamsanchar

नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दियाे

Author Image
शुक्रवार, फागुन १८, २०८०

काठमाडौं – त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ।

८ विकेट गुमाउँदै नेपालले १८० रन बनाएको हो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ५५ रन नटआउट खेले। आरिफ शेख ३१, गुलशन झा २६, अनिल साह २३, दिपेन्द्रसिंह ऐरी १६, कप्तान रोहित पौडेल १०, करण केसी ७, आशिफ शेख १ रन बनाउँदै आउट भए। सोमपाल कामीले कुनै रन बनाउन सकेनन्।

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।

खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर