Aamsanchar

नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

Author Image
शनिवार, फागुन १९, २०८०

काठमाडौं – त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलामा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्याण्ड्सले दिएको १ सय २१ रनको साधारण लक्ष नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे। रोहित ४६ र गुल्सन ३८ रन बनाएर आउट भए। ओपनरद्वय कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनमा आउट भएका थिए।

दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा अविजित रहे।

 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स ३ बल बाँकी छँदै १ सय २० रनमा अलआउट भएको थियो।

नेदरल्याण्डस्का लागि म्याक्स ओदाउदले ३१, टिम भान डर गगटेनले २४, कप्तान स्कट इड्वार्डस्ले १८ रन बनाए भने रोएलोफ भान डस मेर्वी रनमा अविजित रहे। अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपाली बलरले नेदरल्याण्ड्सका ब्याटरलाई सुरुदेखि नै दबाबमा राखेका थिए। नेपालका लागि प्रतिस जिसिले ३, करण केसी र कुशल मल्लले २र२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए।

जितसँगै नेपालले सिरिजमा उत्कृष्ट पुनरागमन गरेको छ भने पहिलो खेलमा नेदरल्याण्ड्ससँग बेहोरेको हारको बदला पनि लिएको छ। नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।

नामिबियाविरुद्ध पहिलो खेलमा २० रनको पराजय भोगेको नेपालले शुक्रबार ३ रनको जित निकालेको थियो।

चार खेलमध्ये दुई जित निकालेको नेपाल ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ। ३ खेल खेलेर ४ अंक नै जोडेको नेदरल्यण्डस् नेट रनरेटका आधारमा पहिलो र ३ खेलबाट एक जित निकाल्दै २ अंक जोडेको नामिबिया तालिकाको पुच्छारमा छ।

आइतबार नामिबिया नेदरल्याण्ड्सँग पराजित भएमा नेपालले फाइनलमा स्थान बनाउने छ। नामिबिया विजयी भए फाइनलमा पुग्ने टोलीको टुंगो नेटरनरेटका आधारमा लाग्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर