Aamsanchar

खाँदबारीमा सम्पन्न मुख्यमन्त्री कप भलिबलको उपाधि सशस्त्र प्रहरीलाई

Author Image
शनिवार, फागुन १९, २०८०

संखुवासभा – संखुवासभाको सदरमुकाम खाँदबारीमा भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्रको एपिएफ क्लबले हात पारेको छ।

आज भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै सशस्त्रको एपिएफ क्लबले उपाधि जितेको हो। एपिएफ क्लबले १४–२५, २५–२३, २५–२१ र २५–२१ अंकले गण्डकी प्रदेशलाई जितेको हो।

राष्ट्रिय पुरुष भलिबलको उपाधि विजेता विभागीय टिम एपिएफले नगद तीन लाख, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ। उपविजेता गण्डकी प्रदेशले नगद एक लाख ५० हजार रुपैयाँ प्रमाणपत्र र ट्रफी हात पारेको छ।

त्यस्तैगरी नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। पुलिसले आर्मीलाई ३–१ को सेटले पराजित गरेको हो।

तेस्रो पुरस्कार प्राप्त गर्न सफल नेपाल पुलिस क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ। सो क्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार नयाँ रणनीति बनाएर अघि बढ्ने बताए।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेशका टिमको सहभागिता रहेको थियो।

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको आयोजनमा यही १५ गतेदेखि सुरु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर