Aamsanchar

नेपाली महिला फुटबल टाेलीलाई १० लाख रुपैयाँ हस्तान्तरण

Author Image
सोमवार, फागुन २१, २०८०

साउदी – नेपाली व्यवसायी यम तमुले नेपाल वाफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता टिमलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। तमुले खेलाडी राष्ट्रको गहना भएको, फाइनलमा जोर्डन विरुद्धको खेलमा नेपालले देखाएको प्रदर्शन र खेलाडीले खेलबाट नेपालप्रति देखाएको माया र चिनारीलाई थप हौसला दिन १० लाख रुपैयाँ दिएको बताए।

उनले वाफ च्याम्पियनसिपका लागि हेड डेलिकेट बनेर आएकी पेमा डोल्मा लामाको खातामा रकम बुझाएका हुन्। तमु लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै साउदीमा अलपत्र परेका नेपालीहरुलाई आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्दै आएका छन्।

यसैगरी सुदूरपश्चिमेली समाजले १ लाख रुपैयाँ, हातेमालो युवा क्लबले २० हजार रुपैयाँ, रत्न कुमार राई, १ लाख, नर बहादुर मगर १ लाख रुपैयाँ, श्री प्रसाद बेर्देवा १ लाख रुपैयाँ, साउदी अरेबिया हामी नेपाली समुह ४० हजार रुपैयाँ, बलराम थापा,१७ हजार रुपैयाँ,तमु धीं जेद्दा, २१ हजार रुपैयाँ, नेपाल आदिवासी जनजाति महासंघ जेद्दा, ३६ हजार तथा एनआरएन साउदीले १ लाख ५८ हजार रुपैयाँ सहित अन्यले सम्मान गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर