Aamsanchar

विराटनगरमा “इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने

Author Image
सोमवार, फागुन २१, २०८०

विराटनगर – महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट २०२४” को आयोजना हुने भएको छ ।

आयोजकले विराटनगरको ज्वाला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २२ देखि फाल्गुन २४ गतेसम्म विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनलका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी गराए ।

 

मुलुकमा महिला क्रिकेट प्रतियोगिता ज्यादै न्यून सङख्यामा हुने भएकोले त्यसलाई ध्यानमा राखि राष्ट्रियस्तरमा दक्ष खेलाडी उत्पादनमा सहयोग पुर्याउन खेलको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

 

प्रतियोगितामा कोशी प्रदेशबाट मोरङ र इलाम गरि २ जिल्ला र मधेश प्रदेशबाट सिरहा र सप्तरीसहित ४ जिल्ला सभागि हुने सहभागिता हुने अध्यक्ष श्रेष्ठले बताए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनल खेल्ने खेल सम्योजक विशाल साहले बताए । खेल टि–२० फर्माटमा खेलाइने छ उनले जानकारी दिए । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने सम्योजक साहले बताए ।

 

यस क्षेत्रका महिला खेलाडीमा खेलप्रति आत्मविश्वास रहेको र प्रतियोगिताले उनीहरुको कौशलतामा वृद्धि गर्न सहयोग पुग्ने क्रिकेट विथआउट वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक रचना रामचन्दनले बताबताइन् । वाउण्ड्रिका स्वयंसेवक प्रशिक्षक वेलायती नागरिक काउपेड्रीले महिला खेलाडीमा क्रिकेटप्रति उत्सुकता रहेको पाएको जानकारी बताए ।

यस्तै अर्का स्वयंसेवक प्रशिक्षक एच लाम्वले महिलाहरुलाई घरपरिवारबाट खेल्न लगाइने बन्देज हटाउन चेतना वृद्धिको आवश्यक्ता रहेको उल्लेख गरे । प्रतियोगिताका वाउण्ड्रिका छ जना स्वयंसेवक प्रशिक्षक आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर