Aamsanchar

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपाललाई पहिलो झट्का, कुसल २० रन बनाएर आउट

Author Image
मङ्गलवार, फागुन २२, २०८०

काठमाडौं – त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाललाई पहिलो झट्का लागेको छ। ​नेदरल्याण्ड्सविरुद्ध खेलमा आउट २० रन बनाएर कुशल भुर्तेल भएका हुन्।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।​ नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग टुमा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर