Aamsanchar

नेपाललाई १० गोलले हराउँदै भारत फाइनलमा

Author Image
बिहिवार, फागुन २४, २०८०

काठमाण्डौ – नेपाललाई १० गोलले हराउँदै भारत १६ वर्षमुनिको महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा ४ गोल खायो । फाइनलमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने थियो । जितसँगै भारतको तीन खेलमा ६ अङ्क भएको छ ।

भारतले पहिलो खेलमा भुटानलाई ७ गोलले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ३ गोलले हराएको थियो ।

बंगलादेश दुई खेलमा ६ अङ्कसहित फाइनलमा पुगिसकेको छ । भोलि बंगलादेशले राउण्ड रोबिन चरणको अन्तिम खेलमा भुटानसँग खेल्नेछ । भुटान अङ्कविहीन हुँदै बाहिरीसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर