Aamsanchar

झापा गोल्डकप : भोलिको खेलमा नारीहरूलाई निशुल्क प्रवेश सुविधा 

Author Image
बिहिवार, फागुन २४, २०८०

फायल फोटो

बिर्तामोड । पाऔँ प्रतियोगितामा जस्तै हाल जारी छैठौं झापा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबारको खेल फुटबलप्रेमी महिलाहरूले निःशुल्क  हेर्न पाउने भएका छन् ।

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा समस्त आमा, दिदीबहिनीप्रति सम्मान व्यक्त गर्दै फागुन २५ गते शुक्रबार हुने त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसीको सेमीफाइनल खेल  निःशुल्क हेर्ने व्यवस्था मिलाइएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले  बताए ।

महिलाहरुलाई फुटवल खेलप्रती आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरूप्रति सम्मान गर्दै महिलाहरुलाई निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको उनले बताए ।

११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सरकारले समेत सार्वजनिक बिदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनु हुन सबै आमा, दिदिबहिनीहरुलाई उनले आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर