Aamsanchar

झापा गोल्डकप : पहिलो सेमिफाइनलमा आज आर्मी र एपीएफ भिड्ने

Author Image
शुक्रवार, फागुन २५, २०८०

झापा – झापा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो २ बजेपछि विर्तामोडको डोमालाल राजवंशी मैदानमा शुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । नारी दिवसको अवसरमा आज महिलालाई निःशुल्क खेल हेर्न दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १३ लाख र उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर