Aamsanchar

आज नेपाल र मलेसियाबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

Author Image
शुक्रवार, चैत २, २०८०

काठमाण्डौ – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज मलेसियासँग उतैको मैदानमा मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपालले सन् २०२६ को विश्वकप छनोट खेलको तयारीमा लागि मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोली बुधवार नै मलेसिया गइसकेको छ ।

नेपाली टोली मलेसियासँग मैत्रीपूर्ण खेल र केही अभ्यास खेलपछि विश्वकप छनोट खेल्न बहराइन जाने एन्फाले जनाएको छ । नेपालले विश्वकप छनोट अन्तर्गत बहराइनसँगको दुवै खेल बहराइनमै खेल्नेछ ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेल्न योग्य नभएकोले नेपालले होमु र अबे दुवै खेल बहराइनमा खेल्न लागेको एन्फाले जनाएको छ । नेपालले बहराइनसँग पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते खेल्नेछ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा हार व्यहोरेको छ । नेपाल पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग ४–शून्य र दोस्रो खेलमा यमनसँग २–शून्य गोलले पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर