Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, चैत ५, २०८०

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोल एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर