Aamsanchar

विराट गोल्डकपमा १० टिमले भाग लिदै

Author Image
मङ्गलवार, चैत १३, २०८०


विराटनगर । विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिती एफसी खेल्दै छन् ।

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था गरिएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर